यो माओवादी पार्टी कति वर्षमा सकिएला : रामेश्वर खनाल



हाम्रो इकोनोमि

 

 

पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने जिकिर गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै तात्कालीन नेकपा माओवादीका नेता डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहनुभएका खनालले माओवादीको नाटक लामो भएकाले अब सकिनुपर्ने बताउनु भएको हो ।

‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त,’ खनालले भन्नुभएको छ । उहाँले माओवदी कहिले सकिएला भन्ने विषयमा कसैको अनुमान भए त्यो पनि भन्न सुझाउनु भएको छ ।

खनालले आफ्नै प्रश्नको जवाफमा भैरहेको बहसमा सहभागी हुँदै फेरि अब माओवादी समाप्त नपार्ने हो भने उसले विकासका सारा काम रोक्ने बताउनु भएको छ । ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ १,’ खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...