एमालेको संशोधित विधान सार्वजनिक



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधनसहित पारित भएअनुसार केही परिमार्जन गरेर प्रकाशन गरिएको हो ।

एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुनेछन् । जम्मा १५ पदाधीकारी हुनेछन् । केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुनेछ । यसैगरी राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् , केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुनेछन् ।

एमाले केन्द्रीय कार्यालयका अनुसार यो विधानको कार्यान्वयन कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...