केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी गर्दिनँ : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि नहुने प्रष्ट्याएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विधानले पनि नमिल्ने भन्दै आफू तेस्रोपटक महासचिवको उम्मेदवार नबन्ने बताए । अहिले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएर मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको भन्दै पोखरेलले ओलीलाई झन् बलियो पार्न पार्टीमा एकमतका साथ सबै अघि बढ्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष वा अध्यक्षमध्ये के बन्नुहुन्छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘गठबन्धन एकातिर छ, अध्यक्ष ओली एकातिर हुनुन्छ । यो बेला उहाँलाई सबैको साथ चाहिन्छ । ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौं ‘, पोखरेलले भने ।

एमाले हटाउने र अर्को प्रधानमन्त्री तोक्ने परमादेशको निर्णयले मन्त्रिपरिषद्‍मा अदालत भागबण्डामा बसेको विषयले एमालेविरुद्धका चलखेल पुष्टि हुँदै गएको पोखरेलको भनाइ थियो । ‘व्यक्तिलाई प्रधानमन्त्री बनाउने परमादेशदेखि अहिलेसम्मको घटनाक्रम हेर्दा एमालेविरुद्ध कसरी अदालत प्रयोग भएको खुल्दै गएको छ, यसको फैसला जनताले गर्छन्’, उनले भने ।

महासचिव पोखरेलले यो गञ्जागोलभन्दा ताजा जनादेशमा जानुपर्ने एमालेको एकमात्र जोड रहेको बताए । कसैसँग गठबन्धन गरेर नभइ एमाले एक्लै लड्ने र जनादेशबाट पुन: आउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...