चितवनमा माओवादी केन्द्रका नेतासहित ४५ जना एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

प्रचण्ड चितवन आएकै दिन नेकपा माओवादी केन्द्रसहितका ४५ जना नेता एमालेमा प्रवेश गरेका छन् । एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसियल, एकिकृत समाजवादीका वडा सदस्य,नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष शिवराज कँडेल, राप्ती २ वाईसियल सहइन्चार्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतान, नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समावादीका वडा सदस्य पुकार राई, पवन राई, प्रसुन राई, काँग्रेस प्रतिनिधी रमा उप्रेती वन्जरा लगायत एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...