एमाले नेता जोशी नेकपा एसमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । जोशीलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे। आफू एकताका लागि लचिलो भएर एमालेमै बसे पनि १० बुँदेको कार्यान्वयन नभएको भन्दै उनले त्यहाँ बस्ने सक्ने वातावरण नबनेको बताए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र उनले पढेर सुनाएका थिए । १० बुँदे कार्यान्वयन गर्न अपानी जारी गरे पनि त्यसको कार्यन्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको उनको टिप्पणी थिए । हालसालै सकिएको विधान महाधिवेनमा बोल्न समेत नदिएको उनले आरोप लगाए ।

नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।

 

अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ : माधव नेपाल

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् । विहीबार एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएर आएका भानुभक्त जोशीलाई पार्टीमा स्वागत गर्दै उनले ओली सुध्रिदैनन् भन्ने निष्कर्ष आफूहरूले पहिले नै निकालेको बताए।

‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ। अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्नमात्रै बाँकी छ । हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं- केपी ओलीलाई सुधार्न सकिँदैन ।’

ओलीमा चरम व्यक्तिवाद विद्यमान रहेको आरोप लगाउँदै वैचारिक विचलन पनि आएको टिप्पणी गरे । ‘उनमा निरंकुश शैली विद्यमान रहेको र सबै हिसाबले वैचारिक विचलनको दिसामा अगाडि बढीसकेका छन्,’ नेपालले भने, ‘राष्ट्रियताको मामिलामा आत्मसर्मपणको नीति अख्यितार गरेको र समाजवादको ध्येय र उदेश्यलाई बिर्सेर यथास्थितिमा रहन थालेका छन् ।’

यही कारणले आफूहरूले अन्तरसंघर्ष गरेको र त्यो सामना गर्ने आँट ओलीले नदेखाएको आरोप नेपालको छ । उनले भने, ‘अन्तरसंघर्षको सामाना गर्ने आँट केपी ओलीमा भएन । केन्द्रीय कमिटी नै विघटन गर्न पुगे । अनि आफूसँग असहमत भएकाहरूसँग पार्टीबाटै निस्कासन गर्ने तहमा पुगे । र, सिंगो पार्टी नै आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता, छलफल र परामर्श नामको कुनै चिज छैन ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...