राम्रचन्द गुटले ३ मन्त्रालय मागेपछि कांग्रेसमा लफडा



हाम्रो इकोनोमि

 

 

 

राम्रचन्द गुटले ३ मन्त्रालय मागेपछि कांग्रेसमा लफडा सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा राम्रचन्द पौडेल पक्षले पाउने मन्त्रालयका कुरा नमिल्दा हिजोको पदाधिकारी बैठक भाँडिएको थियो। कांग्रेसले अब पाउनुपर्ने ३ मध्य सबै पोडेल पक्षले दावी गरे पनि देउवा २ मात्र दिन तयार भएपछि विवाद बढेको छ।

त्यसस्तै अर्को सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पनि आफूले पाउने मन्त्रालय थोरै भएको भन्दै असन्तुष्ट देखिएको छ। ४ मन्त्रालय मात्रै पाउने भएपछि आकांक्षी व्यवस्थापन गर्न गाह्रो हुने भन्दै सरकारमै नजाने कि भन्ने कोणबाट पनि नेकपा एसमा बहस भएको छ । यसबारे निर्णय लिन आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छ।

त्यस्तै जनता समाजवादी पार्टीमा पनि आकांक्षी धेरै भएकाले निर्णय हुन सकेको छैन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई लगायतले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पाएका छन् । जसपाले आज मन्त्रीको नाम टुंगो लगाउने छ।

जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत आकांक्षी छन् । आफ्नै दल र बाँकी अन्य दलमा नाम नटुंगिए आज पनि देउवा सरकारले पूर्णता पाउने छैन्।

गठबन्धन मध्यको एक नेकपा (माओवादी केन्द्र)ले भने सरकारमा पठाउने नाम टुंग्याएको छ। हिजो बसेको स्थायी समिति बैठकले माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...