सबैलाई मन्त्री बन्ने रहर जागेपछि आजपनि मन्त्रिपरिषद् विस्तार नहुने



हाम्रो इकोनोमि

 

 

सत्तारुढ गठबन्धनमा मन्त्रालयको संख्या मोटामोटीरुपमा टुंगिए पनि मन्त्रालय र मन्त्रीको नाम टुंगिन नसक्दा मन्त्रिपरिषद विस्तार अझैं अन्यौलपूर्ण छ। गठबन्धनमा आजसम्म मन्त्रीको नाम टुंग्याए सरकार विस्तार गर्ने सहमति भए पनि सबैतिर नमिल्दा तोकिएको समयमै काम हुनेमा आशंका छ ।

गठबन्धन मध्यको एक नेकपा (माओवादी केन्द्र)ले भने सरकारमा पठाउने नाम टुंग्याएको छ। हिजो बसेको स्थायी समिति बैठकले माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको थियो।

गठबन्धनका अन्य दलले भने नाम टुंग्यान सकेका छैनन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा राम्रचन्द पौडेल पक्षले पाउने मन्त्रालयका कुरा नमिल्दा हिजोको पदाधिकारी बैठक भाँडिएको थियो। कांग्रेसले अब पाउनुपर्ने ३ मध्य सबै पोडेल पक्षले दावी गरे पनि देउवा २ मात्र दिन तयार भएपछि विवाद बढेको छ।

त्यसस्तै अर्को सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पनि आफूले पाउने मन्त्रालय थोरै भएको भन्दै असन्तुष्ट देखिएको छ। ४ मन्त्रालय मात्रै पाउने भएपछि आकांक्षी व्यवस्थापन गर्न गाह्रो हुने भन्दै सरकारमै नजाने कि भन्ने कोणबाट पनि नेकपा एसमा बहस भएको छ । यसबारे निर्णय लिन आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै छ।

त्यस्तै जनता समाजवादी पार्टीमा पनि आकांक्षी धेरै भएकाले निर्णय हुन सकेको छैन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई लगायतले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पाएका छन् । जसपाले आज मन्त्रीको नाम टुंगो लगाउने छ।

जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत आकांक्षी छन् । आफ्नै दल र बाँकी अन्य दलमा नाम नटुंगिए आज पनि देउवा सरकारले पूर्णता पाउने छैन्।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...