नेपाली कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ( नामसहित )



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो ।

पौडेल पक्षको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको थियो ।

पौडेल पक्षले सरकारमा २ वटामात्रै मन्त्रालय पाउने सम्भावना छ । सभापति एवं प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा एकपक्षीय निर्णय गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएका थियो । मिनेन्द्र रिजाल,  रामशरण महत, गगन थापा, डिला सँग्रैला लगाएत मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ ।

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् ।

नेपाली काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, कानुन मन्त्रालय लिइसकेको छ । अब उसले थप मन्त्रालय लिएर कुल ६ मन्त्री बनाउने छ । राज्यमन्त्री समेत थप्ने काँग्रेसको तयारी छ ।

नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा पाइसकेको छ । अब उसले थप ३ मन्त्रालय पाउनेछ । माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५-५ मन्त्रालय पाउनेछन् । दुवै दलले एक एक राज्यमन्त्री पनि पाउनेछन् ।

कस्लाई कुन मन्त्रालय

नेपाली काँग्रेस
प्रधानमन्त्री, गृह, परराष्ट्र, कानुन, स्वास्थ्य, सञ्चार, महिला

माओवादी
अर्थ, ऊर्जा, भूमि व्यवस्था, खानेपानी, कृषि

नेकपा एस
रक्षा, शहरी विकास, युवा, पर्यटन, उद्दोग

जसपा
भौतिक पूर्वाधार, शिक्षा, सामान्य प्रशासन, वन, श्रम

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...