वडाध्यक्षसहित माओवादीका दर्जनौ जनप्रतिनिधि एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई जना वडाध्यक्षसहितका जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार चरिकोटमा आयोजित एमालेको जिल्ला भेलामा जिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै कालिन्चोक गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमाले प्रवेश गरेको एमाले नेता राजेन्द्र मानन्धरले बताए । नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल,वागमती प्रदेश अध्यक्ष आनन्द पोखरल,जिल्ला इन्चार्ज पार्वत गुरुङ लगायतले स्वागत गरेका थिए । नेकपा एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरु मूलधारमा समाहित भएको बताए ।

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले दोलखामा पार्टी विभाजनको असर १ प्रतिशत पनि नपरेको र त्यो भन्दा बढी माओवादीबाट एमालेमा समाहित भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...