गगन थापाले सिटौला समूह छाडेको उद्घोष



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसभित्र ‘तेस्रो धार’ भनिने कृष्णप्रसाद सिटौला नेतृत्वको समूहको बैठकमा केन्द्रीय सदस्य गगन थापा अनुपस्थित भएका छन् । सिटौलानिकट नेताहरूले बैठकमा थापालाई बोलाइएको भएपनि नआएको जनाएका छन् ।

पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन् । यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए ।

काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह-थापा गठबन्धनका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ । औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष गरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन् ।

यसैबीच सिटौलाले जमलमा बोलाएको बैठकमा नगएका थापा चाक्सीबारीस्थित सिंह निवासमा ‘अलग बैठक’ मा उपस्थित हुँदै छन् । ‘काठमाडौंको पालिका अधिवेशन समीक्षा गरी क्षेत्र र जिल्लाका उम्मेदवारको व्यवस्थापन गर्ने विषयमा प्रकाश दाइ र गगन दाइसहित नेताहरू छलफलमा जुट्दै हुनुन्छ’, बैठकमा एक नेताले  भने ।

१३ औं महाधिवेशनमा सिटौला नेतृत्वको टिमबाट थापा महामन्त्रीको उम्मेदवार रहेका थिए । लामो समय सिटौलाको साथ रहेका थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । सिटौलाले भने थापाको विकल्पमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...