प्रचण्डसँग नारायणकाजी असन्तुष्ट, यस्तो छ नयाँ लफडा



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठ पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट देखिएका छन् । राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारीपछि उनको असन्तुष्टी व्यक्त भएको हो ।

श्रेष्ठले विभाग गठन भइनसकेको भन्दै ‘भ्रममा नपर्न’ अनुरोध गरेका छन् । ‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

माओवादी केन्द्रीय कार्यालयनिकट स्रोतका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरिसकेको छ । त्यसलाई औपचारिकता दिन भने बाँकी रहेको स्रोतले बतायो । सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको पनि नाम छ । स्थायी समिति वैठकमा नेताहरूले छलफल गरेपछि औपचारिक निर्णय हुनेछ ।

गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसमा श्रेष्ठ असन्तुष्ट थिए । उनलाई भने प्रवास समिति इन्जार्जको भूमिका दिइएको थियो ।

प्रवक्ताको जिम्मेवारीबाट समेत हटेका श्रेष्ठको चाहना विदेश विभागमा छ । तर, पार्टीले अर्कै निर्णय गरेपछि उनी असन्तुष्ट बनेका हुन् । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले स्थायी समिति बैठक बसेर श्रेष्ठको असन्तुष्टी सम्बोधन गर्ने बताए । पार्टीभित्र दोहोरो जिम्मेवारी नदिने भर्खरैको निर्णय अनुसार पनि विदेश विभागबाट कार्कीलाई हटाएर श्रेष्ठलाई दिन सकिने उनले बताए ।

कार्कीले विदेश विभागका अलवा प्रदेश १ को इन्चार्जको पनि जिम्मेवारी पाएका छन् । दोहोरो जिम्मेवारी नदिने निर्णय कार्यान्वयन हुँदा उनलाई प्रदेश १ इन्चार्जको मात्रै जिम्मेवारी दिएर पार्टीले श्रेष्ठलाई विदेश विभाग सुम्पिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...