मन्त्रालय भागबण्डाले जसपमा लफडा



हाम्रो इकोनोमि

 

 

मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपा सांसद प्रमोद साहले बताए । बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने रहेको उनले जानकारी दिए ।

जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरू यादव, डा. बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।

जसपाले उपसभामुखसहित चार वटा मन्त्रालय पाउने भएको छ । मन्त्रालयको संख्या थोरै र मन्त्रीका आकांक्षीको संख्या धेरै भएपछि जसपालाई मन्त्री टुंगो लगाउन सकस भएका छ । सत्तारुढ दलहरूले आजै मन्त्रीको टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सपथ गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...