मन्त्रालय भागबण्डाले जसपमा लफडा



हाम्रो इकोनोमि

 

 

मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपा सांसद प्रमोद साहले बताए । बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने रहेको उनले जानकारी दिए ।

जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरू यादव, डा. बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।

जसपाले उपसभामुखसहित चार वटा मन्त्रालय पाउने भएको छ । मन्त्रालयको संख्या थोरै र मन्त्रीका आकांक्षीको संख्या धेरै भएपछि जसपालाई मन्त्री टुंगो लगाउन सकस भएका छ । सत्तारुढ दलहरूले आजै मन्त्रीको टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सपथ गराउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...