गठबन्धनको बैठक निष्कर्षविहीन, मन्त्रालय भागवण्डामा चर्को बिवाद



हाम्रो इकोनोमि

 

 

सत्तारुढ गठबन्धन दलहरुबीचको बैठक निष्कर्षविहीन भएको छ । मन्त्रिपरिषद विस्तारबारे मिलाउन बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । मन्त्रालय भागबण्डामा चर्को बिवाद भएको छ ।

विहानैदेखि छलफल भएपनि नेताहरुबीच कुनै पनि सहमति हुन नसकेको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादव सहभागी रहेका थिए ।

प्रतिनिधिसभा  अर्को बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि बैठक असोज २२ गते शुक्रबार बस्नेगरी स्थगित भएको हो ।

बैठकमा एमालेको अवरोधका बाबजुद सरकारले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश गरेका थिए ।

एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेकोमा संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...