ओलीलाई मदन भण्डारी बनाउन खोजिँदैछ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपयले आफूलाई रुँदै हिँडेको र सक्किएको प्रचारवाजी गरे पनि आफू कुनै आवेगमा नभएको बताएका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू नआत्तिएको पनि बताए । ‘बाहिर अहिले एकथरी लौ प्रचण्ड सकियो, रुँदै हिँड्यो भनेका छन्, त्यो गलत हो,’ उनले भने, ‘म आवेगमा पनि छैन । म आत्तिएको पनि होइन ।’

आफूले माओवादी विघटन गरे पनि हुन्छ भन्ने कुरा पार्टी थप बलियो बनाउने अर्थमा भनेको पनि प्रचण्डको भनाइ छ। ‘नत्र माओवादी विघटन गरे हुन्छ भन्छु नि कहिलेकाँही, त्यो सशक्त पार्टी गठन गर्नुपर्छ भनेको हो,’ उनको भनाइ छ, ‘मैले कहिलेकाँही एक्लै भइन्छ कि क्या हो भन्छु नि । म एक्लै भएँ भनेको होइन । गुट बन्नु हुँदैन भनेको हो । गुट बने त पार्टी सकिहाल्छ नि ।’

आउने चुनावमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गर्दै प्रचण्डले केही ठूला नेता माओवादीमा फर्किनँ लागेको दावी गरे । र, केही पार्टीसँग एकीकरणको पनि कुरा चलेको बताए । ‘माओवादीमा ठूला-ठूला मान्छे फर्किँदै छन् तर म अहिले नाम भन्दिनँ,’ प्रचण्डले भने, ‘अहिले एउटा पार्टीसँग एकताको कुरा चलिरहेको छ । म त्यसका लागि अहिले वार्ता गर्न जाँदैछु ।’

उनले अहिले एमालेमा विचार नभएको समेत दावी गरे । मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप उनको छ । ‘एमालेमा अहिले विचार छैन्, सूर्य चिन्ह छ, जबज छ,’ प्रचण्डले भने, ‘मदन भण्डारी छन् । अहिले मदनभण्डारीको ठाउँमा ओलीलाई बनाउन खोजेका छन् ।’

अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुन बताउँदै उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे। ‘ओलीको विचार के कति कारणले मार्क्सवादविरोधी छ भन्ने कुरा हामीले प्रष्ट पारेर तलसम्म जानुपर्ने छ,’ उनको आग्रह छ, ‘माओवादीले लिएको विचार सही छ भन्ने कुरा तथ्य तथ्यांकसहित, विचार, अन्तरक्रियासहित स्थापित गर्नुपर्‍यो ।’ एमालेभित्र विचारशील भनेर चिनिएका ‘१० भाइ’ अहिले एमाले ब्रान्ड र सूर्य चिन्हमा गएर आत्मसर्मपण गरेको पनि प्रचडले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...