एमालेका कमिटीहरुमा सदस्य संख्या निर्घारण



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले केन्द्रदेखि टोल कमिटीसम्म सदस्य संख्या निर्धारण गरेको छ । विधान महाधिवेशनबाट एमालेले केन्द्रदेखि टोल कमिटी निर्माणमा समेत सदस्य संख्या निर्धारण गर्ने भएको हो ।

२२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अगाडि बढाएको एमालेले प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, जिल्ला, पालिका, वडा र टोल कमिटीको समेत सदस्य संख्या निर्धारण गरेको छ ।

प्रदेश कमिटीमा ५० जनालाई आधार संख्या मान्ने र हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच/पाँच जना थपिनेछन् । उपत्यका विशेष प्रदेश कमिटीमा पनि ५० जना आधार संख्या हुनेछन् भने प्रत्येक शाखाबाट पाँच जना थपिनेछन् ।

जिल्ला कमिटीमा पनि ५० जना नै आधार संख्या हुनेछ भने प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट १५ जना थपिनेछ । पालिका तहको कमिटीमा पनि ५० जना नै आधार संख्या संख्या हुनेछन् भने प्रत्येक वडाबाट पाँच जना थपिनेछ ।

वडा कमिटी संख्या पनि निर्धारण गरिएको छ । महानगरको वडामा १०१, उपमहानगरको वडामा ८५, नगरपालिका/गाउँपालिकामा ७५ सदस्यीय कमिटी हुनेछ ।

टोल कमिटीमा बढीमा ३१ सदस्यीय हुनेछन् । सबै कमिटीले कमिटीको एक चौथाइ संख्या नबढ्ने गरी सचिवालय बनाइने भएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलले हलमा प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...