एमालेका कमिटीहरुमा सदस्य संख्या निर्घारण



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले केन्द्रदेखि टोल कमिटीसम्म सदस्य संख्या निर्धारण गरेको छ । विधान महाधिवेशनबाट एमालेले केन्द्रदेखि टोल कमिटी निर्माणमा समेत सदस्य संख्या निर्धारण गर्ने भएको हो ।

२२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अगाडि बढाएको एमालेले प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, जिल्ला, पालिका, वडा र टोल कमिटीको समेत सदस्य संख्या निर्धारण गरेको छ ।

प्रदेश कमिटीमा ५० जनालाई आधार संख्या मान्ने र हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच/पाँच जना थपिनेछन् । उपत्यका विशेष प्रदेश कमिटीमा पनि ५० जना आधार संख्या हुनेछन् भने प्रत्येक शाखाबाट पाँच जना थपिनेछन् ।

जिल्ला कमिटीमा पनि ५० जना नै आधार संख्या हुनेछ भने प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट १५ जना थपिनेछ । पालिका तहको कमिटीमा पनि ५० जना नै आधार संख्या संख्या हुनेछन् भने प्रत्येक वडाबाट पाँच जना थपिनेछ ।

वडा कमिटी संख्या पनि निर्धारण गरिएको छ । महानगरको वडामा १०१, उपमहानगरको वडामा ८५, नगरपालिका/गाउँपालिकामा ७५ सदस्यीय कमिटी हुनेछ ।

टोल कमिटीमा बढीमा ३१ सदस्यीय हुनेछन् । सबै कमिटीले कमिटीको एक चौथाइ संख्या नबढ्ने गरी सचिवालय बनाइने भएको छ । उपमहासचिव विष्णुप्रसाद पौडेलले हलमा प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...