एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग  उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...