राजकुमार लेखीसहित ५५ जना एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टी छोडेर राजकुमार लेखी एमाले प्रवेश गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखीसहित ५५ जनाको समूह एमाले प्रवेश गरेको हो ।

आइतबार ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनको बीच भव्य समारोहमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् । शुक्रबार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए ।

पहिलो संविधानसभा विघटन भएपछि एमाले छाडेका उनले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी  गठन गरेका थिए । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्‍भावना पार्टीसँग एकता गरे । त्यसयता मधेस केन्द्रित दलमा रहे । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा लागेका थिए । एमाले प्रवेश गर्नुअघि उनले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।

कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...