एनआरएनको चुनाव जिताउन कांग्रेसको ९ भाई सडकमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा कुल आचार्यलाई उम्मेद्वार बनाउँदै चुनाव जिताउन ९ जना नेतालाई जिम्मेवारी तोकेको छ । कांग्रेसले एनआरएनएमा पार्टीको झण्डा फहराउने कामका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ९ जना नेताले विभिन्न क्षेत्र हेर्नेगरी ह्वीप कार्यान्वयनको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पूर्णबहादुर खड्काको संयोजकत्वमा एनआरएनएमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन पार्टीले छुट्टै कमिटी समेत गठन गरेको छ । सोही कमिटीको असोज ७ गतेको निर्णय अनुसार एनआरएनएको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार कुल आचार्यको नेतृवको प्यानललाई चुनाव जिताउन ८ जनाले भूगोल हेर्नेगरी नै जिम्मेवारी पाएका छन ।

कांग्रेसले आफ्नो आधिकारिक उम्मेदवार कुल आचार्य रहेको पनि उक्त पत्रमा उल्लेख गरेको छ । नेपाली जनसम्पर्क समितिहरूका लागि लेखिएको चलानी नम्बर ९९ को पत्रमा ८ जना नेताले कसले कुन भूगोलमा ह्वीप कार्यान्वयन गराउने भनेर उल्लेख गरिएको छ ।

जस अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापाले जिम्मेवारी पाएका छन । त्यस्तै केन्द्रीय सदस्यद्धय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले एसिया क्षेत्रको जिम्मेवारी तोकिएको छ । त्यस्तै अमेरिका क्षेत्रको जिम्मेवारी केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समितिहरूसँग समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सदस्य गोविन्द्र भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्माले पाउनुभएको छ भने ओसियाना क्षेत्रको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पाएका छन । इन्टरनेट तथा केवल सेवा अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...