एमाले झनै बलियो भयो, जनता सबै उतै छन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको नेतृत्वमा छुट्टै पार्टी गठनको सफलता मिलेपनि एमाले कमजोर नबनेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । आफूहरुकै मेहनतमा माधवको पार्टी गठन भएको सार्वजनिक अभिब्यक्ति दिनुभएका प्रचण्डले देशभरको तथ्यांकका आधारमा माधवले छाडदा पनि एमाले कमजोर नबनेको निश्कर्ष निकाल्नुभएको हो ।

प्रचण्डले शनिवार आयोजित एक कार्यक्रममा एमाले बलियो रहेको तथ्यलाई कार्यकर्तासामू राख्नुभयो । ‘देशभर केपी ओलीकै आतंक जस्तो देखिएको छ, आगामी चुनावमा एमालेसँगै पर्नेवाला देखियो, त्यसैले एमालेसँग प्रतिवाद गरेर अघि बढ्नुपर्छ’ भन्दै प्रचण्डले एमाले कमजोर नरहेको तथ्य स्वीकार गर्नुभयो । ‘एमालेको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न सकिदैन भन्ने निष्कर्षलाई तपाईहरुले गहिरोसँग बुझ्नोस,’ प्रचण्डको भनाई थियो ।

‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन, कमरेडहरु त्यसैले बुझ्नोस, देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन है,’ पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको प्रशिक्षणमा प्रचण्डले भन्नुभयो । यसअघि पनि उहाँले केपी ओलीलाई माया गर्नेहरुको ताँती देख्दा जलन हुने गरेको तथ्य खोल्नुभएको थियो ।

कार्यक्रममा प्रचण्डले अवको चुनाव एमालेसँगै फट पर्ने भएकोले आजैबाट एमालेमाथि आरोपको बर्षा सुरु गर्नुपर्ने भन्दै सोहीअनुसार चद्यन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...