एमाले विधान अधिवेशनको यस्तोे छ कार्यसूची



 

 

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन भोलिदेखि सुरू हुँदैछ । महाधिवेशनको ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

महाधिवेशन तयारीबारे विहीबार मूल व्यवस्थापन समितिले गरेको पत्रकार सम्मेलनमा व्यवस्थापन र कार्यक्रमबारे जानकारी दिइएको छ । जस अनुसार उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

 

अन्य व्यवस्थापन

महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ। मंचमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन गरिएको छ । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरु रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

हलको दायाँ वायाँका प्यासेजहरुको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १-१ हजार क्षमताका हल निर्माण गरिएको छ । समूह गत छलफलका लागि पनि व्यवस्थित स्थानहरु तय गरिएको बताइएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको बताइएको छ ।

महाधिवेशन अवधिभर हरेक दिन विहान ९ देखि ११ वजेसम्म खानाको समय छुट्याइएको छ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ । निजी साधन नभएका प्रतिनिधि कमरेडहरुको लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरुको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासंभव व्यवस्थापन गरिएको बताइएको छ।

महाधिवेशन सम्पन्न गर्नको निम्ति अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको बताइएको छ। कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको बताइएको छ। मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध आवश्यक नपर्ने र मिडिया सेन्टरबाट टिभी क्यामेराले लाईभ गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईं पाँच दिन थुनामै

  न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अराजकता फैलाउने ९ वटा युट्युव कारवाहीमा

    प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको

कांग्रेस सांसद बजगाईंले मागे माफी

    नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्

माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि