जबज अझै उतिकै सान्दर्भिक छ : रामबहादुर थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जबज जनवादी कार्यक्रम भएको बताएका छन् । भोलिदेखि शुरु हुन लागेको एमालेको विधान महाधिवेनको व्यवस्थापकीय तयारीबारे जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बादललाई जबजबारे सोधिएको थियो ।

पत्रकारहरुले सोधेको प्रश्नमा बादलले जबज जनवादी कार्यक्रम रहेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘जबजको कार्यक्रम भनेको त्यसबेला जनवादी कार्यक्रम थियो ।’

जबज अझैं सान्दर्भिक भएको भन्दै बादलले भने, ‘समाजावदमा संक्रमण गर्ने कार्यक्रम पनि त्यसमा थियो । राष्ट्रिय पुँजीको विकास गर्ने कुरा पनि जबजमा थियो । किनभने राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न सकिन्न । त्यसैले यो अहिले पनि सान्दर्भिक छ।’

उनले जबजमै रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु दृढतापूवर्क लागू गर्न जरुरी रहेको पनि बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ पनि समाजवादको आधार तयार गर्ने नीतिअन्तरगतकै नारा भएको बादलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...