जबज अझै उतिकै सान्दर्भिक छ : रामबहादुर थापा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जबज जनवादी कार्यक्रम भएको बताएका छन् । भोलिदेखि शुरु हुन लागेको एमालेको विधान महाधिवेनको व्यवस्थापकीय तयारीबारे जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बादललाई जबजबारे सोधिएको थियो ।

पत्रकारहरुले सोधेको प्रश्नमा बादलले जबज जनवादी कार्यक्रम रहेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘जबजको कार्यक्रम भनेको त्यसबेला जनवादी कार्यक्रम थियो ।’

जबज अझैं सान्दर्भिक भएको भन्दै बादलले भने, ‘समाजावदमा संक्रमण गर्ने कार्यक्रम पनि त्यसमा थियो । राष्ट्रिय पुँजीको विकास गर्ने कुरा पनि जबजमा थियो । किनभने राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न सकिन्न । त्यसैले यो अहिले पनि सान्दर्भिक छ।’

उनले जबजमै रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु दृढतापूवर्क लागू गर्न जरुरी रहेको पनि बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ पनि समाजवादको आधार तयार गर्ने नीतिअन्तरगतकै नारा भएको बादलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...