जसपा सरकारमा जाँदै, को को बन्दैछन् मन्त्री ( नामसिहत )



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद् विस्तार अझै दुई दिन नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार वा शुक्रबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । सोहीअनुसार सबै दलसँग मन्त्री बन्नेको नाम मागेका थिए ।

पाँच दलीय गठबन्धनमा राजमो भने सरकारमा सहभागी नहुने भएको छ । अहिले कांग्रेसका प्रधानमन्त्रीसहित तीन र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टी राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने टुंगो लागेको छ । यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले नै सरकारमा पार्टीको नेतृत्व गर्ने बताइएको थियो । तर, डा.बाबुराम भट्टराई पक्षले अध्यक्ष यादव सरकारमा जान नहुने, अरुलाई नै मन्त्री पठाउनुपर्ने अडानमा रहेपछि श्रेष्ठले पार्टीको नेतृत्व गर्ने भएका हुन् ।

जसपामा मन्त्री बन्न धेरैले आकांक्षा देखाएका छन् । २० सांसद रहेको जसपामा सबैले मन्त्री दाबी गरेपछि यादव र भट्टराई संकटमा परेका थिए । तर, आन्तरिक छलफलबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रदीप यादव, रेणु यादव, प्रमोद साह, मृगेन्द्र सिंह मन्त्री बन्ने टुंगो लागेको एक नेताले जानकारी दिए । जसपाले पाँच मन्त्री र राज्यमन्त्री थप भए एकजना पाउने सहमति जुटेको छ ।

एकीकृत समाजवादीले पनि पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणि चौधरी, किसान श्रेष्ठलगायत मन्त्री बन्ने टुंगो लागे पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगिन सकेको छैन ।

माओवादी केन्द्रबाट भने देवेन्द्र पौडेल, सुदन किराँती, अञ्जना विशंखे, जयपुरी घर्ती मन्त्री बन्ने चर्चा छ । यसअघि नै माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट भने दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजाल, उमाकान्त चौधरी र पुष्पा भुसाल सरकारमा सहभागी हुने आन्तरिक सहमति भएको छ । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लागे पनि अझै मन्त्रालयको भागबन्डा टुंगिन सकेको छैन । गठबन्धनको बैठक बसेपछि मात्र मन्त्रालयको भागबन्डा टुंगो लाग्ने जसपाका एक नेताले न्युज कारखानालाई बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...