माधव नेपालले हामीलाई उल्लु बनाउनुभयो : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले दश बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भैसकेको स्पष्ट पारेका छन् । उनले आफूहरु विधान महाधिवेशनको तयारीमा जुटिसकेको बताउँदै अहिले देखिएका आन्तरिक समस्या पनि समाधान गरिसकिने विश्वास दिलाए । उनले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज को हो भनेर हिजोको बैठक छलफलसमेत नभएको जिकिर गरे ।

एक टेलिभिजन  कार्यक्रममा  कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु एमाले विभाजन गर्न कहिल्यैपनि भूमिका नखेलेको स्पष्ट पारे । उनले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साएको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे ।

उनले भने,‘हामीले माधव नेपालको पार्टीको विधान लेखेको भनेर गरिएको कुरा नचाहिँदो कुरा हो । यो विल्कुल गलत कुरा हो । नेकपा (एकीकृत समाजवादी) राखेको भनेर पनि मैले निर्वाचन आयोगमा दर्ता गराएपछि थाहा पाएको हो । तर, सत्य कुरा के हो भने हाम्रो पार्टीमा अन्तरविरोध थियो, तर हामी वार्तामा थियौं ।’ उनले माधव नेपालले आफूहरुलाई वार्ता गर्न भनेको तर आफू चाहीँ पार्टी विभाजनमा लागेको भन्दै उल्लु बनाएको गुनासो पोखे । उनले भने,‘उहाँले वार्ता गर्न जा, यो यो कुरा गर भन्ने, अनि माधव नेपाल आफू चाहीँ अर्कै बाटोमा लाग्ने काम गर्नुहुँदैन् नि ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...