माधव नेपालले हामीलाई उल्लु बनाउनुभयो : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले दश बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भैसकेको स्पष्ट पारेका छन् । उनले आफूहरु विधान महाधिवेशनको तयारीमा जुटिसकेको बताउँदै अहिले देखिएका आन्तरिक समस्या पनि समाधान गरिसकिने विश्वास दिलाए । उनले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज को हो भनेर हिजोको बैठक छलफलसमेत नभएको जिकिर गरे ।

एक टेलिभिजन  कार्यक्रममा  कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु एमाले विभाजन गर्न कहिल्यैपनि भूमिका नखेलेको स्पष्ट पारे । उनले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साएको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे ।

उनले भने,‘हामीले माधव नेपालको पार्टीको विधान लेखेको भनेर गरिएको कुरा नचाहिँदो कुरा हो । यो विल्कुल गलत कुरा हो । नेकपा (एकीकृत समाजवादी) राखेको भनेर पनि मैले निर्वाचन आयोगमा दर्ता गराएपछि थाहा पाएको हो । तर, सत्य कुरा के हो भने हाम्रो पार्टीमा अन्तरविरोध थियो, तर हामी वार्तामा थियौं ।’ उनले माधव नेपालले आफूहरुलाई वार्ता गर्न भनेको तर आफू चाहीँ पार्टी विभाजनमा लागेको भन्दै उल्लु बनाएको गुनासो पोखे । उनले भने,‘उहाँले वार्ता गर्न जा, यो यो कुरा गर भन्ने, अनि माधव नेपाल आफू चाहीँ अर्कै बाटोमा लाग्ने काम गर्नुहुँदैन् नि ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...