मन्त्री को बन्ने भनेर एकीकृत समाजवादीमा चर्कियो विवाद



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीमा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ । सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नेकपा एसमा आन्तरिक विवाद सुरु भएको हो ।

पार्टीमा झाँक्री उच्च बरियतामा सिनियर भएकाले उनको नेतृत्वमा सरकारमा जानु पर्ने एक पक्षको भनाइ रहेको छ भने अर्को पक्षले लामो समयदेखि सांसद र उमेरले पनि परिपक्क भएकाले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने जोड दिन थालेका छन् । भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएको हो । उक्त दल नेकपा एमालेबाट विभाजन भएर बनेको हो ।

नयाँ दल बनेको एक महिनामा नै कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने बारेमा विवाद हुनु राम्रो नभएको नेकपा एसका एक केन्द्रीय सदस्यले जनताटाइम्सलाई बताए । कम्युनिस्टमा पार्टीको नेतृत्वलाई सिनियर मान्ने भएकाले पदका हिसाबमा पनि झाँक्री सचिव भएकाले उहाँले नै नेतृत्व गर्दा सकारात्मक सन्देश जाने एकथरीले चर्चा गर्न थालेका छन् ।

अर्को थरीले संसदीय अभ्यासमा खतिवडा पोख्त भएकाले उहाँको नेतृत्वमा जादा परिपक्वता देखिने तर्क गर्न थालेका छन् । पाँच दलको सहभागीतामा सरकार बनेको ८० दिन पुगन लाग्दा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष नेपाल खतिवडाको नेतृत्वमा सरकारमा पठाएर पदाधिकारीलाई हैसियत देखाउने सोचमा हुनुहुनछ । तर पदाधिकारीलाई अपमान गर्न नपाइने भन्दै महासचिव बेदुराम भुसाल नै आपत्ति जनाइरहनुभएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...