मन्त्री को बन्ने भनेर एकीकृत समाजवादीमा चर्कियो विवाद



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीमा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ । सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नेकपा एसमा आन्तरिक विवाद सुरु भएको हो ।

पार्टीमा झाँक्री उच्च बरियतामा सिनियर भएकाले उनको नेतृत्वमा सरकारमा जानु पर्ने एक पक्षको भनाइ रहेको छ भने अर्को पक्षले लामो समयदेखि सांसद र उमेरले पनि परिपक्क भएकाले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने जोड दिन थालेका छन् । भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएको हो । उक्त दल नेकपा एमालेबाट विभाजन भएर बनेको हो ।

नयाँ दल बनेको एक महिनामा नै कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने बारेमा विवाद हुनु राम्रो नभएको नेकपा एसका एक केन्द्रीय सदस्यले जनताटाइम्सलाई बताए । कम्युनिस्टमा पार्टीको नेतृत्वलाई सिनियर मान्ने भएकाले पदका हिसाबमा पनि झाँक्री सचिव भएकाले उहाँले नै नेतृत्व गर्दा सकारात्मक सन्देश जाने एकथरीले चर्चा गर्न थालेका छन् ।

अर्को थरीले संसदीय अभ्यासमा खतिवडा पोख्त भएकाले उहाँको नेतृत्वमा जादा परिपक्वता देखिने तर्क गर्न थालेका छन् । पाँच दलको सहभागीतामा सरकार बनेको ८० दिन पुगन लाग्दा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष नेपाल खतिवडाको नेतृत्वमा सरकारमा पठाएर पदाधिकारीलाई हैसियत देखाउने सोचमा हुनुहुनछ । तर पदाधिकारीलाई अपमान गर्न नपाइने भन्दै महासचिव बेदुराम भुसाल नै आपत्ति जनाइरहनुभएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...