नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो
नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ ।
नेकपा एसका एक नेताका अनुसार प्रेमबहादुर आले, विरोध खतिवडा र किसान श्रेष्ठ मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ ।
अहिलेको लटमै मन्त्री बन्ने दौडमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणि चौधरी र भवानी खापुङ अगाडि देखिएको छ । उनीहरुको नामबारे छलफल बढेको बुझिएको छ ।