देउवालाई ओलीको यस्तो चेतावनी



 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निवासमै बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन । मंगलबारबिहान बालकोटस्थित निवासमै बोलाएर पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा प्रवेश गरिसकेको अवस्थामा सरकारले फिर्ता लिएर एमाले विभाजनकै लागि सबै गरिएको थियो भन्ने पुष्टि गरेको बताएका छन । ओलीका प्रेस संयोजक रामशरण बजागाईका अनुशार ओलीले कानुनमन्त्री कार्की मार्फत देउवालाई पठाएको सन्देश यस्तो छ ।

सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ । चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईं पाँच दिन थुनामै

  न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अराजकता फैलाउने ९ वटा युट्युव कारवाहीमा

    प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको

कांग्रेस सांसद बजगाईंले मागे माफी

    नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्

माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि