मिडिया, बुद्धिजीवी र नगरिक समाज कता हराएछन् : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले मिडिया, बुद्धिजीवी र नगरिक समाजको खोजी गरेका छन । सरकारले एमाले विभाजनकै लागिमात्र अध्यादेश ल्याएर फिर्ता गरेपछि सर्वत्र आलोचना समेत भैरहेको सन्दर्भमा पूर्वमन्त्री बस्नेतले विगतको सन्दर्भ कोट्याउँदै मिडिया, बुद्धिजीवी र नगरिक समाजको खोजी गरेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत लामो टिप्पणी लेख्दै भनेका छन, ‘हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नगरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान् । दिन प्रतिदिन रहस्यका पर्दा खुल्दैछन् । को रक्षक, को भक्षक जनताले चिन्दैछन।’

केपी ओलीको लोकप्रिय सरकार ढाल्न, नेकपा भित्रै बाट प्रधानमन्त्रीमा प्रचण्ड र अध्यक्षमा माधब नेपाललाई सिंगार पटार गरियो। उपलब्धि दिन नसक्ने काम नलाग्ने साबित भैसकेको सदन दुई पटक ब्युत्याइयो ।

एमाले माओबादी छुट्याइयो। धारा ७६ बाट धेरै प्रयास गर्दा बन्न नसकेको देउवा सरकार परमादेश जारी गरेर बनाइयो। एमालेका सांसदहरुलाई पार्टी ह्विप नलाग्ने बनाइयो।

अदालत र सभामुखबाट अरुलाई एउटा कानून एमालेलाई अर्कै कानून लागाइयो । बिश्वासको मत लिन नसके पछि चालू संसदको अधिवेशन हठात अन्त्य गरी २० प्रतिशत सांसद वा केन्द्रीय कमिटीका सदस्य मिलेर पार्टी फोर्न मिल्ने अध्यादेश ल्याएर एमाले र राजपा फुटाइयो।

अढाइ महिना सम्म सरकार बिस्तार हुन नसकेपछी अनैतिक तवरले अध्यादेश फिर्ता गरियो। ओली सरकारको लोकप्रिय बजेट प्रस्तिस्थापन गर्दै कालो धनलाई सेतो बनाउने र १४ सय सडक सहित असंख्य योजना काटने अनि राज्यको श्रोत साधन कब्जा गर्ने बजेट ल्याइयो।

“हिजो ओली सरकार निरंकुश भयो, सेटिङमा चल्यो” भन्ने प्रचण्ड भन्दैछन “यो सब काम म र माधब नेपाल मिलेर गरेको हो”। हिजो ओली सरकार अधिनायकवादी भयो, रुननी पाइएन भन्ने देउवा देखेर लोकतन्त्र पनि कुनामा बसेर रोइ रहेको होला।

हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नगरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान् । दिन प्रतिदिन रहस्यका पर्दा खुल्दैछन् । को रक्षक, को भक्षक जनताले चिन्दैछन।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...