भीम रावललाई रिक्त केन्द्रीय सदस्यको मनोनयन गर्ने जिम्मा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा सुरू भएको छ । स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको थियो । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।

यही कार्यदलले केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्ने बताइएको छ । कार्यदलले १० बुँदेको रचनात्मक कार्यान्वयन गर्दै नेकपा एकता प्रक्रियाबाट एमालेमै रहेका पूर्वमाओवादी पक्षको समायोजनसमेत गर्नेछ ।

माधव नेपालले नेकपा एमाले विभाजन गर्दा नेकपा एसमा लागेका केन्द्रीय सदस्य तथा त्यसअघि रिक्त रहेका समेत ठाउँमा नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि सूची तय गर्न कार्यदलले म्याण्डेट पाएको छ । विशेषगरी सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टी जनाएका थिए । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...