दल विभाजन गर्ने अध्यादेश फिर्ता



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आजको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । सो अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छ । ‘सम्भवतः आज राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन्छ होला’, बालुवाटार स्रोतले भन्यो ।

सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्‍याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो । सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् । अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार गर्दा जसपा पुनः विभाजित हुने सम्भावना बढेपछि अध्यादेश फिर्ता लिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...