एमाले स्थायी कमिटी बैठक बस्दै, भीम रावलको माग पुरा हुने



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने छ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए।हिजो सकिएको केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकमा १० बुँदे कार्यान्वयन नभएकोबारे उठेको कुरामाथि पनि छलफल हुने छ। विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए। अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटी बैठक राखेर छलफल गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...