एमाले स्थायी कमिटी बैठक बस्दै, भीम रावलको माग पुरा हुने



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने छ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए।हिजो सकिएको केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकमा १० बुँदे कार्यान्वयन नभएकोबारे उठेको कुरामाथि पनि छलफल हुने छ। विशेष गरी उपाध्यक्ष भीम रावल लगायतका नेताहरुले १० बुँदेको कार्यान्वयन समानरुपमा हुन नसकेको बताएका थिए। अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटी बैठक राखेर छलफल गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...