यतीको पर्वतीय उडानको शुरुवात विश्वबिख्यात क्रीकेटरबाट



हाम्रो इकोनोमि

 

 

दोश्रो लकडाउन पछि आजबाट यति एअरलाईन्सले पर्वतिय उडानको शुरुवात विश्व चर्चित पाकिस्तानी क्रीकेटर शाहिद अफ्रीदिको उडानसंगै शुरुगरेको छ । एभरेस्ट प्रीमियर लिग खेल्न आएका क्रीकेटर अफ्रिदि सहित ४४ जना यात्रु लिएर उडान भरेको यतीले अब प्रत्यक आईतवार उडान गर्ने तालिका बनाएको हो । हालको लागि आईतवारदेखि उडानको शुरूवात गरेपनी यात्रुको माग अनुसार उडान संख्या र तालिका परिवर्तन हुने यति एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्ने ब्यक्तिहरुकालागि पर्वतीय उडान आकर्षक मानिन्छ । पर्वतीय उडान मार्फत यात्रुहरुले लाङटाङ, गौरीशंकर, मेलुङ्छे, चो-यु, नुप्त्से, लोत्से, आमादब्लम, मकालु, सगरमाथा लगायत बिश्वका ८ वटा अग्ला हिमालको दृश्यालोकन गर्न सकिने भएकोले यसप्रति यात्रुहरूको आकर्षण बढेको छ । सुन्दर शान्त हिमाली मुलुक नेपालमा आएर पहिलो पटक पर्वतिय उडान गर्न पाउँदा आफुलाई खुसी लागेको र दृश्यावलोकनले आफुलाई रोमान्चित बनाएको अफ्रीदिले प्रतिक्रिया दिनुभयो, वहाँले कोरोना भाईरस को जोखिम नेपालमा अत्यन्त कम रहेकोले ढुक्कसँग नेपाल घुम्न सकिने जानकारी दिनुभयो ।

उडान पछि प्रतिक्रिया दिंदै वहाँले महत्वपूर्ण अवसर र आकर्षक दृश्यावलोकनका लागि यती एअरलाईन्स परिवार र चालकदललाई धन्यवाद व्यक्त गर्नुभयो । “लकडाउन संगै आन्तरिक पर्यटनलाई आकर्षित गर्न यतिले हालसम्मकै सस्तो सगरमाथाको उचाई बराबर ८८४८ रुपैयाँमा पर्वतिय उडान गर्न सकिने आकर्षक प्याकेज ल्याएको र यसले आन्तरिक पर्यटकिय गतिबिधी बढाउन मद्धत गर्ने ” प्रवक्ता बर्तौलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...