माधव नेपाललाई एमालेमा फर्किन गोकर्ण बिष्टको अह्वान



हाम्रो इकोनोमि

 

 

एमाले सचिव गोकर्ण विष्टले सत्तारुढ पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको उदघोष गर्नुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई सम्बोधन गर्दै सचिव बिष्टले एमालेसँग एक्लै लडन सक्ने सामथ्र्य कसैसँग नभएकै कारण गठबन्धन बनाएको तथ्य जनताले बुझिसकेको बताउनु भयो ।

सचिव बिष्टले नेपालको राजनीतिमा एमाले अग्लो रुख र अरु सानातिना भएको ठोकुवा पनि गर्नुभयो । ‘नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ,’ बिष्टले भन्नुभयो । उहाँले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बिभिन्न तथ्य राख्नुभयो । ‘एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामथ्र्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ बिष्टको भनाई छ । उहाँले प्रचण्ड र माधवको कारण कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि बताउनु भयो ।

विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधव नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको प्रष्टिकरण पनि दिनुभयो । माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टको भनाई छ । ‘देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर यो मर्मलाई माधव नेपालले बुझ्न चाहनुभएन,’ बिष्टले भन्नुभयो ।

माक्रस र माओको जीवनमा समेत अल्पमतमा परेको भन्दै अल्पमतमा परे भन्दैमा विभाजनतर्फ जानु उचित नभएको उहाँको भनाइ छ । ‘विधिको वकालत गर्ने माधव नेपालले १० बुँदे मान्नुपर्थ्यो । तर १३ जना स्थायी कमिटीको बैठक राखेनन । १० जना त एकतामा जान वकालत गरिरहेको बेला कुनै छलफल नगरिकन विभाजन जानुले उहाँको मुखुण्डो उदाङ्गो भएको छ,’ उनले भने ।

ओलीको पालामा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा अस्थिरता पैदा गर्छ भनेर ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलन, एमाले कमजोर पार्न, ४० होइन २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको पनि बिष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...