भीम रावलमाथि लाग्यो यस्तो गम्भिर आरोप



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय कमिटीको बैठक आजपनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान मस्यौदा प्रस्तावमाथि छलफल हुँदैछ । १० वटा समूहमा भएको छलफलपछि त्यसलाई टोली नेताले बैठकमा सुनाएर आवश्यक परिमार्जनपछि पारित गरिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

यसैबीच १० बुँदे सहमति लागु नभएको भन्दै माधव नेपाल समूह छाडेका नेताहरुले बैठक बहिस्कार गर्ने भनेर चलाइएको हल्ला गलत भएको केन्द्रीय सदस्य झपट रावलले बताएका छन् । उपाध्यक्ष भीम रावलसहित झपट रावल र भानुभक्त जोशीले शुक्रवार केन्द्रीय कमिटी बैठक शुरु हुनासाथ विशेषगरि सुदूरपश्चिममा १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै जवाफ मागेका थिए ।

अन्य प्रदेशमा जसरी सहज रुपमा १० बुँदे सहमति पालना नहुँदा कार्यकर्तालाई रोक्न गाह्रो भएको नेताहरुको भनाइ थियो । उनीहरुको भनाइपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटी बसेर समस्याको समाधान गर्ने बताएका थिए । तर बाहिर भीम रावलसहित १० स्थायी कमिटी सदस्य पक्षधर नेताहरुले बैठक बहिस्कार गर्न लागेको भनेर प्रचार गरिएकोमा त्यो सत्य नभएको अर्का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

उनले भने– सुदूरपश्चिमको समस्याको कुरा राख्नुभयो,अध्यक्षले स्थायी कमिटी बसेर समाधान गर्ने भनिसक्नुभएको छ । आज हामी सबै बैठकमै जाँदैछौ । केन्द्रीय कमिटीले विधान महाधिवेशनका दस्तावेज पास गर्छ । एमालेमा अन्य प्रदेशमा १० बुँदे सहमति लगभग पालना भए पनि सुदूरपश्चिममा समस्या देखिएको छ । त्यसको समाधान यो केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटीले समाधान गर्ने ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...