गरिब र दलित आवासको रकम लुट्नेलाई कडा सजाय दिनुपर्छ : प्रभु साह
पूर्वमन्त्री प्रभु साहले गरिब र दलितको आवासको रकम लुट्नेलाई कडा सजाय दिनुपर्ने बताएका छन् । दलित आवास निर्माण संघर्ष समितिले आज रौतहटको देवाही गोनाही नगरपालिकास्थित मधेशी संस्कृति संग्रहालयमा आयोजना गरेको दलित अगुवाहरुको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले आफ्नो हक अधिकारका निम्ति आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए । हरेक गरिब दलितलाई आवास हक मौलिक हकको रुपमा स्थापित रहेको भएपनि त्यसबाट वञ्चित गर्ने हर्कतहरु भएकोले निर्णायक आन्दोलन गर्नुपर्न समय आएको उनको भनाई छ । उनले विपन्न दलितको संवैधानिक मौलिक हकको हनन् राज्य पक्षको लापरवाहीले भएकोले यसमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए ।
ूआवास मानव जीवनको आधारभूत आवश्यकता हो, विपन्न, दलितको लागि संवैधानिक मौलिक हकको रुपमा नै आवासको हकको व्यवस्था गरिएको छ । तर दलित गरिबको आवास निर्माण कार्यप्रति राज्य पक्षको चरम लापरवाही, अकर्मण्यता एवं उदाशीनताका कारण अरबौं रकम लुटिएको छ । दलितहरुको लागि आवास निर्माणसंग सम्बन्धित प्रदेश सरकार मातहत रहेको ुजनता आवास कार्यक्रमु तथा विपन्न गरीबहरुको आवास निर्माणसंग सम्बन्धित स्थानीय सरकाररजनप्रतिनिधि मातहत रहेको ुसुरक्षित आवास कार्यक्रमुमा जुन प्रकारले चरम भ्रष्टाचार, ढिल्लासुस्ती, अनियमितता, लापरवाही भएको छ, त्यसले सहनशीलताको सिमा नाघेको छ ।ू पूर्वमन्त्री साहले भने, ूगरीब दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशक्त संघर्षका लागीु अब पछाडि हटेर नभई यसको डटेर सामना गर्न जरुरी छ । र दलित विरोधी यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याई सजाय दिनुको विकल्प छैन ।ू
भेलाले १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउने तथा जनता आवासको कार्यालय घेराउ गर्ने र १५ गते सबै स्थानीय तह घेराउ गर्नेजस्ता संघर्षको कार्यक्रम तय गरेको छ । कार्यक्रममा कम्युनिष्ट नेताहरु उपेन्द्र साह, त्रिभुवन साह, सियाराम कुश्वाहा, दलित नेता चन्देश्वर बैठा, रामनाथ माझी, सागर पासवान, ठगा दास, विरचन रामलगायतको उपस्थिति रहेको थियो ।