वामदेव गौतम फेरी एमालेमै फर्किए



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले पार्टी विभाजनपछि आफ्नो केन्द्रीय कमिटी अद्यावधिक गरेको छ। माधव नेपालले नेकपा एकीकृत समाजवादी सनाखत गरेका केन्द्रीय सदस्यहरुको नाम हटाएर बाँकीको विवरण आयोगले बुधवार निर्वाचन आयोगमा पठाइएको हो । एमालेले अद्यावधिक गरेको विवरणमा उपाध्यक्ष वामदेव गौतम र सोमप्रसाद पाण्डेलाई यतावत राखेको छ ।

उपाध्यक्ष गौतमले पार्टीबाट राजीनामाको दिनुभएको थियो । उहँको राजीनमा अझैं स्वीकृत भएको छैन् । त्यस्तै माधव नेपालका सम्धी पाण्डेले पनि नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखतका लागि निवदेन दिएका थियो । तर, निर्वाचन आयोगले उहाँको सनाखत लिएको थिएन । आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएपछि सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा उहाँहरुमाथि कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

पाण्डे अहिले नै नेकपा एसका भएको नभइ निवेदन दिएको आधारमा कारवाही नगर्नू भन्ने सर्वोच्चको आदेश भएकाले उहाँ पार्टीमै रहेको बुझाइ एमालेको छ । त्यही आधारमा पाण्डेलाई पनि केन्द्रीय कमिटीमा यथावत राखिएको हो ।
नेकपा एसतिर गएका भनिएका केन्द्रीय सदस्य विक्रम शाही पनि एमालेकै केन्द्रीय सदस्यका रुपमा यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...