माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष हुन्ः सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको पनि उनको आरोप छ ।

एक रेडियो  कार्यक्रममा  कुरा गर्दै नेता थापाले भने, “म एकीकृत समाजवादी पार्टीलाई समूह पनि मान्न तयार छैन । यो स्वार्थप्रेरित अवसरवादीको झुन्ड हो । निर्वाचन आयोगमा दुई सय पार्टी दर्ता होलान्, के ती सबै जनतका पार्टी हुन् त ? कार्यकर्ता बेगरको नेता पार्टीमा ८ जना उपाध्यक्ष रे । त्यहाँ लागेका सबैजसो खान नपाएका जुका जस्ता छन् ।”

माधव नेपाल शेरबहादुर देउवाका बैसाखी, कम्युनिस्ट आन्दोलनको कचरा, विखण्डनकारी, पार्टी कब्जा गर्न खोज्ने प्रचण्डका शिखण्डी भएको आरो पनि उनले लगाए । थापाले थपे, “पार्टी विभाजन उनको ठूलो अपराध हो । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रतिक्रियावादीको मतियार हुन् । षड्यन्त्रका गोटी हुन् । माधव र प्रचण्डले तीन तहको निर्वाचनमा सहकार्यका लागि देउवाको पूजा आरती गरेको गर्यै छन् । कांग्रेसले महाधिवेशनपछि चुनाव घोषणा गरे। तिनलाई समयमै उत्तानटाङ लगाइदिन्छ । हिजो एक नम्बर पार्टी बनाउँछु भनेर एमाले फोड्ने बामदेव गौतम कहाँ छन् ? विभाजनकारीहरुले तन्द्रामा सपना देख्न सक्छन् । त्यो मनको लड्डु घिउसँग खाएजस्तै हो ।”

१६ वर्ष एमालेको नेतृत्व गरेर ढाक्रे भएका माधव नेपालले घाटमा पुग्ने बेलासम्म पनि स्वघोषित पार्टी अध्यक्ष नछाड्ने उनको ठोकुवा छ । उनले भने, “जनाधार केही नभए पनि मोहन वैद्य, मोहनविक्रम सिंह नारायणमान बिजुक्छे, सीपी मैनाली, ऋषि कट्टेल आदि ७० वर्ष उमेर नाघेका नेताहरु अझै पार्टी प्रमुख छन् । माधव नेपालले पनि पनि त्यही बाटो समातेका छन् ।”

थापाले केपी शर्मा ओली ७० वर्ष नपुगेको औंल्याउँदै थप एक कार्यकाल अध्यक्ष र एक कार्यकाल प्रधानमन्त्री बन्ने पनि बताए । उनले थपे, “माधव नेपाल ७० वर्ष नाघेपछि पार्टीको कार्यकारी तहमा बस्न नमिल्ने भएकाले अर्को पार्टी खोल्न् लागेका हुन सक्छन् । तर एमालेका अध्यक्ष ओली पार्टीलाई पहिलो शक्तिका रुपमा अगाडि बढाउने गरी फेरि एक कार्यकाल अध्यक्ष र एक कार्यकाल प्रधानमन्त्री बन्दै हुनुहुन्छ । यसमा एमालेमा कुनै विवाद छैन ।”

नेता थापाले पार्टीभित्रको १० बुँदे सहमति बाध्यकारीभन्दा पनि रचनात्मक सुझाव भएको बताए । उनले भने, “पार्टीमा सबै जनाको आआफ्नो भूमिका र जिम्मेवारी हुन्छ । कोही कमरेड पार्टीमा नहुँदा पनि शून्यता र रिक्तता थिएन । अब अन्तर्विरोधलाई चर्काएर हुन्न । पार्टीभित्र कार्यविभाजन बेलाबेला हेरफेर हुन्छ नै । त्यसकारण १० बुँदे सहमति र कार्यविभाजन फरक फरक कुरा हो । नवौं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित कमरेडहरु पुनःस्थापित हुनुभएको छ । भीम रावलले पनि पार्टी उपाध्यक्षका रुपमा सुदूर पश्चिममा समन्वयकारी भूमिका खेल्नुपर्छ, लेखराज भट्टले इन्चार्जको भूमिका निर्वाह गर्नुपर्छ ।”

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा १० जनामा स्थायी समिति सदस्यले सरकार ढालेको कुरा उल्लेख नभएको पनि उनको दाबी छ । उनले भने, “१० बुँदे सहमतिका नाममा रुखको कुरा गर्दा हाँगाको, हाँगाको कुरा गर्दा जराको, जराका कुरा गर्दा पातका कुरा गर्न मिल्दैन । एमाले सबैका योगदान र जिम्मेवारीलाई आत्मसात गरेर अघि बढ्छ ।”

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...