नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा : एलपी साँवा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा १० बुँदे सहमति लागू भएसँगै जेठ २ मा फर्किएको छ ।

विहीवार दश बुँदे सहमति लागू गर्न बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ २ अघिको संरचना क्रियाशील गराएको हो । जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहेका एलपी साँवालाई अध्यक्ष बनाइएको हो ।

नेकपा विभाजनपछि तत्कालीन केपी ओली पक्षले लिम्बुको अध्यक्षतामा संगठन पुनर्गठन गरेको थियो । इन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको बैठकले लिम्बुको अध्यक्षतामा १२ जना पदाधिकरी चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल,डिबि बस्नेत छन् । त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन् ।

संगठनको कोषाध्यक्षमा वालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् । बैठकले २५१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय स्थायी समिति र १०० सदस्यीय केन्द्रीय परिषद गठन गरेको अध्यक्ष लिम्बुले जानकारी दिए । भूगोल, कर्पोरेट र वस्तुगत संघहरुको अलग कमिटीसमेत गठन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...