नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा : एलपी साँवा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा १० बुँदे सहमति लागू भएसँगै जेठ २ मा फर्किएको छ ।

विहीवार दश बुँदे सहमति लागू गर्न बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ २ अघिको संरचना क्रियाशील गराएको हो । जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहेका एलपी साँवालाई अध्यक्ष बनाइएको हो ।

नेकपा विभाजनपछि तत्कालीन केपी ओली पक्षले लिम्बुको अध्यक्षतामा संगठन पुनर्गठन गरेको थियो । इन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको बैठकले लिम्बुको अध्यक्षतामा १२ जना पदाधिकरी चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल,डिबि बस्नेत छन् । त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन् ।

संगठनको कोषाध्यक्षमा वालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् । बैठकले २५१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय स्थायी समिति र १०० सदस्यीय केन्द्रीय परिषद गठन गरेको अध्यक्ष लिम्बुले जानकारी दिए । भूगोल, कर्पोरेट र वस्तुगत संघहरुको अलग कमिटीसमेत गठन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...