नेकपा एसका पदाधिकारी चयन (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले  जानकारी दिए ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए ।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा हुने प्रस्तावित महासचिव बेदुराम भुसालले जानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...