मन्त्रिपरिषद विस्तारमा सहमति भएन, गठबन्धनमा नयाँ लफडा



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद विस्तारको हलो अड्किएको छ । बुधबार साँझ सत्ता गठबन्धनको बैठक बसेपनि सहमति बन्न सकेन । नेकपा माओवादी केन्द्र मन्त्री बन्नेको सूची दिन तयार भएपनि नेकपा एस र जसपा तयार भएनन् । उनीहरुले राजनीतिक दल विभाजन सजिलो बनाउने गरी ल्याइएको अध्यादेशको विषय उठाए । अध्यादेश निष्कृय नभएसम्म नाम दिन नसक्ने स्पष्ट पारे ।

अध्यादेशमा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले दल विभाजन गर्न सक्ने व्यवस्था छ । यसैको आधारमा नेकपा एमालेबाट फुटेर नेकपा एस बनेको हो । जसपा फुटेर लोसपा बनेको छ ।

मन्त्री बन्न नपाउनेहरु असन्तुष्ट भई दल विभाजन गर्न सक्ने खतरा देखेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सतर्क भएका छन् । उनीहरु अध्यादेश निष्कृय बनाउन जोड दिइरहेका छन् । त्यसका लागि प्रतिस्थापन विधयेक ल्याउने सहमति पनि बनेको बुझिएको छ ।

यसैगरी, सर्वोच्च अदालतमा माधव नेपालसहित १४ सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दा विचाराधीन छ । यसले पनि नेपाल सतर्क भएका छन् । मुद्दामा निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । अन्तरिम आदेश जारी भएमा नेपाल समस्यामा पर्न सक्छन् ।

अदालत देखि अध्यादेशका कारण मन्त्रिपरिषदको हलो अड्किएको छ । यसरी नै हलो अड्किए दशैं अगाडि मन्त्रिपरिषद विस्तार नहुन सक्छ । यद्यपि आज बैठक बसेर छिनोफानो गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...