विप्लव समूहको ‘मोजमस्ती’, लोकल खसी र भाले समाप्त



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ जिल्लाको बन्दिपुरमा सम्पन्न भएको छ । २/३ वर्ष भूमिगत भएको नौटंकी गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर खुला राजनीतिमा प्रवेश गरेको विप्लव समूहको बैठक तामझामका साथ सम्पन्न भएको हो ।

बैठकका नाममा विप्लव समूहले करीव १० लाख सिध्याएको चर्चा छ । बैठकमा केन्द्रीय सदस्य र उनीहरूको सुरक्षाकर्मी, गाडीका ड्राइभर आदिको गरि करीव १ सय जनाको उपस्थिति रहेको थियो । तर, विप्लव समूहले हिसाब कितावका विषयमा केही भनेको छैन । बैठकका लागि बन्दिपुरमा तिर्ने पैसा विप्लव समूहले कहाँबाट ल्याएका हुन् प्रश्न उठेको छ ।

बन्दिपुर पर्यटकीय हिसावमा निकै राम्रो स्थानमा मानिन्छ । बन्दिपुरका होटेल तथा लजहरू तुलनात्मक रुपमा महँगा छन् । खानपान पनि अलिक महँगो नै छ ।

कथित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने बताउँदै आएको विप्लव समूहलाई ५ दिनसम्मको खर्च कसले दियो ? प्रश्न उठेको छ । विप्लवका नेता कार्यकर्ताहरूलाई प्रत्येक दिन एउटा खसी, खाजामा अण्डा, कहिले मकैको आटो (ढिँडो), लोकल कुखुराको झोल आदिको व्यवस्था रहेको एक नेताले बताएका छन् ।

खाना खानुपर्छ । तर, सर्वहारा जनताको आवाज उठाउने भन्ने, विलासी जीवनको विरोध गर्ने आफू भने बन्दिपुर जस्तो ठाउँमा पुगेर खानाका परिकारसहित बैठक गर्ने भनेर विप्लव समूहमाथि प्रश्न उब्जिएको हो । यस विषयमा प्रतिक्रिया लिन विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको दैनिक नेपालले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...