विप्लव समूहको ‘मोजमस्ती’, लोकल खसी र भाले समाप्त



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ जिल्लाको बन्दिपुरमा सम्पन्न भएको छ । २/३ वर्ष भूमिगत भएको नौटंकी गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीको हातबाट टीका लगाएर खुला राजनीतिमा प्रवेश गरेको विप्लव समूहको बैठक तामझामका साथ सम्पन्न भएको हो ।

बैठकका नाममा विप्लव समूहले करीव १० लाख सिध्याएको चर्चा छ । बैठकमा केन्द्रीय सदस्य र उनीहरूको सुरक्षाकर्मी, गाडीका ड्राइभर आदिको गरि करीव १ सय जनाको उपस्थिति रहेको थियो । तर, विप्लव समूहले हिसाब कितावका विषयमा केही भनेको छैन । बैठकका लागि बन्दिपुरमा तिर्ने पैसा विप्लव समूहले कहाँबाट ल्याएका हुन् प्रश्न उठेको छ ।

बन्दिपुर पर्यटकीय हिसावमा निकै राम्रो स्थानमा मानिन्छ । बन्दिपुरका होटेल तथा लजहरू तुलनात्मक रुपमा महँगा छन् । खानपान पनि अलिक महँगो नै छ ।

कथित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने बताउँदै आएको विप्लव समूहलाई ५ दिनसम्मको खर्च कसले दियो ? प्रश्न उठेको छ । विप्लवका नेता कार्यकर्ताहरूलाई प्रत्येक दिन एउटा खसी, खाजामा अण्डा, कहिले मकैको आटो (ढिँडो), लोकल कुखुराको झोल आदिको व्यवस्था रहेको एक नेताले बताएका छन् ।

खाना खानुपर्छ । तर, सर्वहारा जनताको आवाज उठाउने भन्ने, विलासी जीवनको विरोध गर्ने आफू भने बन्दिपुर जस्तो ठाउँमा पुगेर खानाका परिकारसहित बैठक गर्ने भनेर विप्लव समूहमाथि प्रश्न उब्जिएको हो । यस विषयमा प्रतिक्रिया लिन विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको दैनिक नेपालले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...