माधव नेपालको पार्टी खारेज हुने सम्भावना



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको आदेशसँग माधवकुमार नेपालले अध्यादेशको बलमा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी खारेज हुने सम्भावना बढेको छ । सभामुखले एमालेको कारबाही रोकेका कारण नयाँ दल बनेको परीप्रेक्षमा सर्वोच्च अदालतले मंगलबार उक्त निर्णयको सक्कलै फाइल मागेको हो ।

सभामुख अग्नि सापकोटाले नेकपा एमालेको कारबाहीको सूचना टाँस नगरी राखेर नयाँ दल गठन भएपछि कारबाही गर्नुनपर्ने निर्णय सुनाएका थिए । सापकोटाले नियतवश कारबाहीको सूचना टाँस नगरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका हुन ।

केपी ओलीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट सक्कलै फाइल  मगाउन आदेश जारी गरेको हो ।

न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले मुद्दासँग सम्बन्धित सबै फाइलको सक्कल नै मगाएका कारण फाइल अध्ययन गरेर न्यायाधीशले आदेश दिने अवस्थामा माधव नेपालको पार्टीका लागि संसदीय दल र केन्द्रीय कमिटीमा २० प्रतिशत पुग्न कठिन हुनेछ र नेपालले दर्ता गरेको नयाँ दल स्वतः खारेजीमा जोन सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...