माधव नेपालको पार्टी खारेज हुने सम्भावना



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको आदेशसँग माधवकुमार नेपालले अध्यादेशको बलमा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी खारेज हुने सम्भावना बढेको छ । सभामुखले एमालेको कारबाही रोकेका कारण नयाँ दल बनेको परीप्रेक्षमा सर्वोच्च अदालतले मंगलबार उक्त निर्णयको सक्कलै फाइल मागेको हो ।

सभामुख अग्नि सापकोटाले नेकपा एमालेको कारबाहीको सूचना टाँस नगरी राखेर नयाँ दल गठन भएपछि कारबाही गर्नुनपर्ने निर्णय सुनाएका थिए । सापकोटाले नियतवश कारबाहीको सूचना टाँस नगरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका हुन ।

केपी ओलीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट सक्कलै फाइल  मगाउन आदेश जारी गरेको हो ।

न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले मुद्दासँग सम्बन्धित सबै फाइलको सक्कल नै मगाएका कारण फाइल अध्ययन गरेर न्यायाधीशले आदेश दिने अवस्थामा माधव नेपालको पार्टीका लागि संसदीय दल र केन्द्रीय कमिटीमा २० प्रतिशत पुग्न कठिन हुनेछ र नेपालले दर्ता गरेको नयाँ दल स्वतः खारेजीमा जोन सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...