केपीलाई माया गर्नेहरु देखेर हैरान छु : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मायाँ गर्नेहरुको ताँती देखेर हैरान परेको बताउनु भएको छ । सूर्यनाथ यादवको ३६ औं स्मृति दिवसमा आज आयोजित कार्यक्रममा बोल्दै आफूहरुले सकेजतिको ठूलो स्वरमा केपी ओलीलाई गालीगर्दा पनि ओलीको कुरा सुनेर ताली पिट्नेहरू देखेर हैरान भएको प्रचण्डले खुलासा गर्नुभयो ।

‘अहिले केपीले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भन्नुभयो । आफ्नो अधिकांश समय ओलीमाथि गाली गर्न खर्चनुभएका प्रचण्डले ओलीसँग धेरै सिर उठेको बनि बताउनु भयो । ‘यति नै कुरा भनौं, रिस उठेको छ केपीसँग,’ आफ्नो भनाई बिट मार्दै प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...