बागमती प्रदेशका कृषि सचिव डा. पाण्डेद्वारा पद बहाली



हाम्रो इकोनोमि

 

 

नवनियुक्त बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेको पद बहाली गरेका छन् । उनले आज (सोमबार) प्रदेश कृषि सचिवमा  पद बहाली गरेका हुन् । यसअघि उनी राष्ट्रिय पशु आहारा तथा लाइफस्टक गुण व्यवस्थापन प्रयोगशालाको प्रमुखको रूपमा सेवारत थिए । यस अघि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवको जिम्मेवारी डा. मनिता बैद्यले सम्हाल्दै आएकी थिइन् ।

केही दिन अघि प्रदेशस्थित ७ वटै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवहरूलाई संघीय कृषि मन्त्रालयमा सरुवा गरिएको थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा त्यस मातहतका सहसचिवहरूलाई प्रदेश सचिवमा सरुवा गरिएको थियो ।  कसैलाई काजमा त कसैलाई सरुवा नै गरी पठाइएको थियो ।  बागमती प्रदेशका सचिवले आज पद बाहली गरे पनि अरू प्रदेशका सचिवले एकदेखि डेढ हप्ता भित्रमा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...