केन्द्रमा २० र गाउँमा १०% माधवले लगे : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको निश्कर्ष सुनाउनु भएकको छ । एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै महासचिव पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको निश्कर्ष राख्नुभएको हो ।

महासचिव पोखरेलले प्रतिवेदनमा माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमालेले केन्द्रमा २० प्रतिशत नेता गुमाएको उल्लेख गर्नुभएको छ भने प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गर्नुभएको । प्रतिवेदनमा उहाँले पार्टीको सदस्य वढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने उल्लेख गर्नुभएको छ । एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...