विभाजनको विपक्षका १० नेताले आत्मसर्मपण गरे : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विभाजनको विपक्षमा उभिएका १० नेताहरूले आत्मसर्मपण गरेको टिप्पणी गरेका छन् । सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता आफूलाई अलि वैचारिक दावी गर्ने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालकै भ्रष्ट नेता भन्ने गरेको बताए ।

‘जसले अलि वैचारिक भन्थे ती मान्छे सबैले आत्मसर्मपण गरे,’ उनले भने, ‘केपीको निरंशुकता पनि थाहा छ तिनीहरूलाई, नेपालको एउटा भ्रष्ट नेता हो । झेली नेता हो भन्ने पनि थाहा छ उहाँहरूलाई । मलाई त उहाँहरूले सिकाएको हो, यो यति भ्रष्ट, बेइमान, यति छली ।’

प्रचण्डले थपे, ‘यति जाली मान्छे छ भनेर हामीलाई सिकाएको चाहिँ घनश्याम, योगेश, गोकर्ण लगायको १० जनाको टिम छ नि, उहाँहरूले हो हामीलाई सिकाएको छ । हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नेहरू पनि उहाँहरु नै हो । तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ हामीलाई ।’

झलनाथ खनाल, माधव नेपाल लगायतले नयाँ पार्टी गठन गरेकोलाई प्रचण्डले आफूहरूको मेहनतको फल लागेको रुपमा व्याख्या गरे । ‘पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त पोलेर खान लाज नमान्नेहरुको जामात रहेछ त्यहाँ,’ उनले भने, ‘हामीले छन् त मान्छे त भन्ठान्यौं । धेरै मेहनत पनि गर्‍यौं । हुन त मेहनतको फल लागेको पनि छ । झलनाथ, माधवजस्ता पुरानो पिँढीका साथीहरू अगाडि बढ्न जमर्को पनि गरिराख्नु भएको छ । हामीले सहयोग गरेका छौं, त्यहाँ पनि ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...