विभाजनको विपक्षका १० नेताले आत्मसर्मपण गरे : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विभाजनको विपक्षमा उभिएका १० नेताहरूले आत्मसर्मपण गरेको टिप्पणी गरेका छन् । सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता आफूलाई अलि वैचारिक दावी गर्ने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालकै भ्रष्ट नेता भन्ने गरेको बताए ।

‘जसले अलि वैचारिक भन्थे ती मान्छे सबैले आत्मसर्मपण गरे,’ उनले भने, ‘केपीको निरंशुकता पनि थाहा छ तिनीहरूलाई, नेपालको एउटा भ्रष्ट नेता हो । झेली नेता हो भन्ने पनि थाहा छ उहाँहरूलाई । मलाई त उहाँहरूले सिकाएको हो, यो यति भ्रष्ट, बेइमान, यति छली ।’

प्रचण्डले थपे, ‘यति जाली मान्छे छ भनेर हामीलाई सिकाएको चाहिँ घनश्याम, योगेश, गोकर्ण लगायको १० जनाको टिम छ नि, उहाँहरूले हो हामीलाई सिकाएको छ । हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नेहरू पनि उहाँहरु नै हो । तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ हामीलाई ।’

झलनाथ खनाल, माधव नेपाल लगायतले नयाँ पार्टी गठन गरेकोलाई प्रचण्डले आफूहरूको मेहनतको फल लागेको रुपमा व्याख्या गरे । ‘पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त पोलेर खान लाज नमान्नेहरुको जामात रहेछ त्यहाँ,’ उनले भने, ‘हामीले छन् त मान्छे त भन्ठान्यौं । धेरै मेहनत पनि गर्‍यौं । हुन त मेहनतको फल लागेको पनि छ । झलनाथ, माधवजस्ता पुरानो पिँढीका साथीहरू अगाडि बढ्न जमर्को पनि गरिराख्नु भएको छ । हामीले सहयोग गरेका छौं, त्यहाँ पनि ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...