एमाले फुटाउने माधव नेपाल अपराधी हुन् : लालबाबु पण्डित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रचण्डसँग ‘लिभिङ टुगेदर’ बसेर पार्टी फुटाउने माधव नेपाल अपराधी भएको आरोप लगाएका छन् । नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्रको सहायक पार्टीमात्र भएको उनको भनाइ छ ।

एक रेडियो कार्यक्रममा  कुरा गर्दै नेता पण्डितले भने, ‘माधव नेपालले केही महिनाअघि एमाले फोड्ने अपराधी हो, म अपराधीको मुख हेर्दिनँ भन्नुभएको थियो । अहिले उहाँ आफैले पार्टी फोड्नुभयो । उहाँकै कुरा अनुसार अब माधव नेपाल अपराधी हुन पुग्नुभयो । पहिले मैले पनि उहाँलाई साथ दिएको हुँ । तर उहाँ प्रचण्डसँग लिभिङ टुगेदर बस्नुभयो, सपना र विपनामा प्रचण्ड मात्रै देख्न थाल्नुभयो, अहिलेको सन्दर्भमा कार्लमार्क्स भन्नुभयो । एकीकृत समाजवादी अलग पार्टी होइन, माओवादी केन्द्रको सहायक पार्टी हो । यो देशी, विदेशी र प्रचण्डको योजना अनुसार अघि बढ्नुभएको छ । यो पार्टी प्रतिस्पर्धा गर्न होइन, च्याँखे थाप्नका लागि जन्मेको हो । यो चाँडै माओवादी बन्छ र धेरैजसो साथीहरु एमालेमै फर्कन्छन् । माधव नेपाल चोक्टा खान गएका भगौडा हुन् । उहाँले आफ्नै इतिहासलाई कलंकित पार्नुभएको छ ।’

पण्डितले विभाजनले नेकपा एमालेलाई घाउचोट लागे पनि पहिलो पार्टी रहेको बताए । उनले भने, ‘केही नेता बाहिरिएका छन्, केही नेतालाई भ्रम थियो तर नेकपा एमाले अहिले पनि पहिलो पार्टी हो । साढे ८ प्रतिशत जनप्रतिनिधि मात्र दिग्भ्रमित भएर उता लागे । कतिपय फर्कने क्रम चल्दै छ । नेकपा एमाले कमजोर छैन । महाधिवेशनपछि झन् बलियो भएर जान्छ । झन् चुस्त दुरुस्त हुन्छ ।’

७० वर्ष पुगेका व्यक्ति मुख्य नेतृत्वमा रहन नपाउने नवौं महाधिवेशनको व्यवस्थामाथि विधान महाधिवेशनमा छलफल हुने उनले बताए । उनले भने, ‘विधानका कुनै प्रावधान कोही व्यक्ति वा नेताका लागि केन्द्रित भएर आउँदैनन् । केपी ओली फेरि अध्यक्ष बनाउने हिसाबले खारेज हुने या रहने अहिले भन्न सकिँदैन । विधान महाधिवेशनमा ३ हजार प्रतिनिधिले पार्टीलाई कस्तो बनाउने छलफल गरेर अन्तिम निर्णय गर्छन् । अहिले हाम्रो ध्यान एमालेलाई सशक्त, सुदृढ र विस्तृत पार्टी बनाउनमा छ ।’

नेता पण्डितले आज संसद्मा एमालेको विरोध कायम रहने बताए । उनले भने, ‘हाम्रो विरोधका बीचमा सत्ता गठबन्धनले के गर्छ, हामीलाई थाहा छैन । संसद्भित्र हामी जबर्जस्ती गर्दैनौं । हामी कसैको टाउको फुटाउँदैनौं, कुर्सी तोडफोड गर्दैनौं । जिम्मेवार प्रतिपक्ष भएकाले संवैधानिक र कानुनी अभ्यास अन्तर्गत रहेर भूमिका निर्वाह गर्छौं । पार्टी फुटाउने र रमाउने नियतसाथ आएको गठबन्धनलाई लाज सरम हुनुपर्ने हो । हामी त्वम् शरणम् गर्दैनौं । एमाले अब हवस् प्रभु भन्ने ठाउँमा छैन ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...