एमाले फुटाउनेले मेडल पाए : सुवास नेम्वाङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो दल फुटाउनेहरुले मेडल पाएको टिप्पणी गरेका छन् । दिल्ली र काठमाडौंमा बसेर एमाले फुटाउन सक्रिय भएकाहरुलाई सरकारले मेडलबाट विभूषित गरेको बताएका हुन् ।

झलनाथ खनालप्रति व्यङ्ग्य गर्दै आज एमालेले संविधान दिवसमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले भने, ‘एकजना साथीले दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाँले मेडल पाउनुभयो ।’ काठमाडौंमा बसेर एमाले फुटाउन लाग्ने दुईजनाको परिवारका सदस्यले पनि मेडल पाएको बताए । उनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै परिवारका सदस्यलाई मेडल दिलाउन सकेको टिप्पणी गरे ।

‘ओली सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ, सँगसँगै मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानुन व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ,’ नेम्वाङले भने । मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि मेडल पाएको टिप्पणी गरे ।

तत्कालीन केपी शर्मा ओली सरकारका विरुद्ध मुद्दा लगाउनेहरुले पनि मेडल पाएको बताए । उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीप्रति व्यङ्ग्य गर्दै भने । त्रिपाठीले ओली सरकारविरुद्ध पटक पटक मुद्दा दायर गरेका थिए । उनले मुलुक बहुराष्ट्रिय राष्ट्र नभई विविध जातजाति बस्ने राष्ट्र भएको विषय राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...